नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध

 

मितिः २०८३।०५।०२

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । ६८ वर्षीया उहाँकी ममतामयी आमा दाना विष्टको २०८३ साउन ३१ गते निधन भएको महासंघको कर्णाली प्रदेश समितिले जनाएको छ ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा भरतराज विष्टसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव