मिति : २०८३।०६।१५
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सिंगो पत्रकारिता क्षेत्रको अपमान हुने गरी नेपाल पत्रकार महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यही असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा खत्रीले तथ्य नबुझी प्रेस काउन्सिललाई धम्क्याउने पत्रकार हुन् कि गुण्डा भन्दै ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिनु असामान्य खालको छ । महासंघका नेताहरूले दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक छ भन्ने पूर्वपत्रकारसमेत रहेका खत्रीको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक रहेको महासंघको ठहर छ ।
महासंघ खत्रीको प्रेसविरोधी अभिव्यक्तिप्रति खेद प्रकट गर्दछ र यसप्रति क्षमा याचना गर्न आग्रह गर्दछ ।
विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबारबारका लागि राखेको अन्तर्किया भक्तपुरका पत्रकारले वहिष्कार गर्ने जनाउ दिएबाट तत्काल क्षमा माग्नुको विकल्प देखिंदैन ।
यस्तै महासंघ खत्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रतिनिधि सभाका सभामुखसंग माग गर्दछ ।
संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध दुषित मानसिकता राखेर पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने खत्रीलाई कारबाहीको दायरामा ल्याउन समेत सम्बद्व पक्षसंग महासघ माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव