पत्रकार चेतन वली र माधव दाहालको फोटो दाङको तुलसीपुरस्थित सजना मिष्ठान भण्डारको शौचालयमा राखेर अपमानित गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।१२।३०
पत्रकार चेतन वली र माधव दाहालको फोटो दाङको तुलसीपुरस्थित सजना मिष्ठान भण्डारको शौचालयमा राखेर अपमानित गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

सो भण्डारको खाद्य सुरक्षाबारे तुलसीपुर डटकममा समाचार प्रकाशित भएपछि पत्रकारलाई यस्तो अपमानित र बदनाम गरिएको महासंघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

समाचारप्रति कुनै गुनासो भए प्रचलित विधिअनुसार समाधान नखोजी यस्तो कुकर्म गर्नु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो ।

महासंघ यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव