पत्रकार बुद्धि सिंह ठकुरीको निधनको खबरले महासंघ स्तब्ध

 

मिति : २०८२।१२।२६

पत्रकार बुद्धि सिंह ठकुरीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । यही चैत्र २५ गते दिउँसो वीरेन्द्रनगर–३ स्थित निवासमा ह्दयघातका कारण उहाँको निधन भएको महासंघ सुर्खेत शाखाले जनाएको छ ।

दुई दशकदेखि पत्रकारिता सक्रिय ठकुरी महासंघ सुर्खेत शाखाका सदस्य हुनुहुन्थ्यो । सुर्खेत र काठमाडौंमा कार्यक्षेत्र बनाइ टेलिभिजन पत्रकारितामा कार्यरत ठकुरीको निधनले नेपाली पत्रकारिता क्षेत्रले कुशल र जुझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

स्वर्गीय ठकुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित महासंघ शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव