मितिः २०८२।१२।२१
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका पूजनीय पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा चैत्र २० गते शुक्रबार निधन भएको हो ।
स्वर्गीय केदारनाथ शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित हुनुहुन्थ्यो । यस दौरान उहाँले सिन्धुपाल्चोकको तत्कालीन शिखरपुर गाउँपञ्चायतको १४ वर्ष उपप्रधानपञ्च रही काम गर्नुुभएको थियो भने मेलम्ची नगरपालिका–१० मा श्री शीतलादेवी माविको स्थापना गर्नुभएको थियो ।
महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार दाहालहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव