नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध

 

मिति : २०८२।१२।१८

नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध भएको छ । उहाँका ६८ वर्षीय पूज्य पिता मानबहानुर रावतको २०८२ चैत्र १३ गते नेपालगञ्जस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडी डिल्लीराजसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव