मिति : २०८२।११।१५
सञ्चारकर्ममा जुटिरहेका पत्रकार अर्जुन आचार्यलाई एमाले निकट युथ भोलेन्टियर्स फोर्सका व्यक्तिहरूबाट गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही फागुन १४ गते निर्वाचनसम्बन्धी समाचार संकलन गर्ने क्रममा झापाको कमला गाउँपालिकामा आक्रमण हुँदा आचार्य घाइते भएको महासंघ मोरङ शाखाले जनाएको छ ।
पेशागत धर्म निर्वाहका क्रममा भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार हो ।
महासंघ आक्रमणमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित अभ्यासमा जुट्ने वातवारण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
र, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव