मिति : २०८२।११।१०
सडक निर्माणसम्बन्धी समाचार संकलन गर्न विराटनगर–१३ पुग्दा रणभूमि अनलाइनका कार्यकारी सम्पादक पवनकुमार शाहलाई स्थानीय जितेन्द्रबहादुर खड्काले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।
शाहमाथि यही फागुन ८ गते दुर्व्यवहार भएको महासंघ मोरङ शाखाले जनाएको छ ।
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो व्यवहार निन्दनीय र प्रेसविरोधी छ । महासंघ यस्ता कार्यमा संलग्नलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव