मिति : २०८२।११।१०
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी सहसचिव इश्वरी अधिकारी (इशा) लाई पितृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी भएको छ ।
उहाँका पूजनीय पिता अष्टबहादुर अधिकारीको ७४ वर्षको उमेरमा यही फागुन ९ गते निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव