समाचार संकलनमा रोक लगाउँदै राष्ट्रिय स्वतन्त्रता पार्टीका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।११।०७

समाचार संकलनमा रोक लगाउँदै राष्ट्रिय स्वतन्त्रता पार्टीका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

कैलालीको धनगढीमा २०८२ फागुन ६ गते आयोजित चुनावी सभामा पुगेका पत्रकारलाई उक्त पार्टीको पासबिना जान नमिल्ने भन्दै कार्यकर्ताबाट धकेल्ने कामसमेत भएको महासंघको सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

संवैधानिक अधिकारको निर्वाह गर्दा पत्रकारलाई एउटा जिम्मेवार राजनीतिक दलका तर्फबाट गरिएको यो गैरराजनीतिक व्यवहारले लोकतन्त्रको उपहास र प्रेस स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ । महासंघ यो घटनाको भर्त्सना गर्दछ ।

र, प्रेस स्वतन्त्रताको सम्मान गरी आगामी दिनमा यस्ता व्यवहार नदोहोर्‍याई पत्रकारलाई निर्बाध अधिकार उपभोगमा सघाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव