सिरहा नगरपालिकाका प्रमुख डा. नविनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२।०२।१४

सिरहा नगरपालिकाका प्रमुख डा. नविनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही जेठ १२ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा गरेको छानबिनको समाचार संप्रेषण भएपछि ‘कुन हैसियतमा समाचार लेखेको, पत्रकारलाई यसै छाडदिन’ भनेर यादव सामाजिक सञ्जालमार्फत पत्रकारविरुद्ध खनिएको महासंघ सिरहा शाखाले जनाएको छ ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुट्ने स्वतन्त्रता संविधानमा निर्दिष्ट छ । यही दायित्व निर्वाह गरेको निहुँमा पत्रकारमाथि भएको यो कर्मलाई महासंघले अत्यन्त निन्दनीय र प्रेसविरोधी कदमको रुपमा लिएको छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव