मिति : २०८३।०८।१०
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्यलाई पितृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी भएको छ ।
उहाँका पूजनीय पिता जयदेव शाक्यकोे ८४ वर्षको उमेरमा मंसिर १० गते निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ ।
शोकको यस दुःखद् घडीमा महासंघ कृष्णराजसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव