मिति : २०८३।०६।१२
समाचार संकलनका क्रममा मकालु टेलिभिजनमा कार्यरत पत्रकार दिलीप अग्रवाललाई भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
२०८३ असोज ९ गते नेपाली कांग्रेस रंगेली नगर अधिवेशनमा स्थानीय नेता लिलाराज खरेलले अग्रवाललाई दुर्व्यवहार गरेको महासंघको मोरङ शाखाले जनाएको छ ।
महासंघ पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि भएको निन्दनीय र प्रेस विरोधी घटनाको छानबिन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव