मितिः २०८३।०५।२९
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सहसचिव श्यामसुन्दर सुतिहारलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । ९० वर्षीया उहाँकी ममतामयी आमा गंगादेवी सुतिहारको २०८३ भाद्र २६ गते निधन भएको शाखाले जनाएको छ ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा श्यामसुन्दरसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव