भोटेकोशी बाढीले बगाएर चितवनस्थित नारायणी नदीमा फेला परी पहिचान हुन बाँकी शव व्यवस्थापनसम्बन्धी समाचार संकलन गर्न पत्रकार राधेश्याम खतिवडा र सन्तकुमार चौधरीलगायतलाई सुरक्षाकर्मीले रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मितिः २०८३।०५।१३

भोटेकोशी बाढीले बगाएर चितवनस्थित नारायणी नदीमा फेला परी पहिचान हुन बाँकी शव व्यवस्थापनसम्बन्धी समाचार संकलन गर्न पत्रकार राधेश्याम खतिवडा र सन्तकुमार चौधरीलगायतलाई सुरक्षाकर्मीले रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही भाद्र १० गतेको बाढीले बगाएर ल्याएका शव व्यवस्थापन गर्न बनाउँदै गरेको संरचनासम्बन्धी समाचार संकलनमा अवरोध गरिएको महासंघ चितवन शाखाले जनाएको छ । पत्रकार खतिवडाको मोबाइल नियन्त्रणमा लिई फोटो/भिडियो समेत मेटाइएको शाखाको भनाइ छ ।

आमसरोकारको विषयमा नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा पत्रकारलाई अवरोध पुर्‍याउनु आपत्तिजनक र प्रेस स्वतन्त्राविरोधी कार्य हो । महासंघ यो घटनाको भर्त्सना गर्दछ ।

महासंघ आगामी दिनमा यस प्रकारको व्यवहार नदोहोर्‍याउन र निर्वाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव