रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन भएको खबर नेपाल पत्रकार महासंघलाई प्राप्त

मिति : २०८३।०५।११

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन भएको खबर नेपाल पत्रकार महासंघलाई प्राप्त भएको छ ।

मानसरोवर भ्रमणमा गएका पत्रकार शेखर ढुंगाना पत्नीसहित यही भाद्र १० गतेदेखि सम्पर्कविहीन भएको महासंघको भक्तपुर शाखाले जानकारी गराएको छ ।

त्यस्तै शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा, उनकी आमा र दिदीसहित सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।

महासंघ सम्पर्कविहीन पत्रकार र उनीहरूका परिवारको खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । उहाँहरूको खोजीका लागि महासंघले सक्दो प्रयास गरिरहेको छ ।

बाढीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई परेको समस्याबारे महासंघलाई जानकारी गराउन पनि अनुरोध गरिन्छ ।

रामप्रसाद दाहाल

महासचिव