नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शिवराज खत्रीलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मितिः २०८३।०१।१४

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शिवराज खत्रीलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका पूजनीय आमा कलसा खत्रीको ६३ वर्षको उमेरमा वैशाख १३ गते राति निधन भएको महासंघ अछाम शाखाले जनाएको छ ।

महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ पूर्वकेन्द्रीय सदस्य खत्रीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव