प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघ घोर आपत्ति

मिति : २०८३।०७।१३

प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघ घोर आपत्ति प्रकट गर्दछ ।

नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको छ । यस्तै नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघ निन्दा र खेद व्यक्त गर्दछ ।

मैनालीलाई लिन आएको प्रहरी ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा रहे पनि महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि पछि हटेको थियो । धरपकड गरिएका पत्रकारलाई पनि शुक्रबार साँझनै छोडिएको छ । दियो पोष्टका पत्रकार सुदिप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको छ ।

समाचारको विययमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोेभनीय विषय होइन । यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छ ।

महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गर्दछ । र, आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न आह्वान गर्दछ । र, महासंघ धरपकडका विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ ।

रामप्रसाद दाहाल

महासचिव