समाचार प्रसारण भएको विषयलाई लिएर पत्रकार विनय यादवलाई प्रहरीले दिएको धक्की प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०/१२/१२

समाचार प्रसारण भएको विषयलाई लिएर कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता विनय यादवलाई प्रहरी नायव निरीक्षकले दिएको धक्की प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही चैत ८ गते सिरहा नगरपालिकामा कार्यरत सई अमित राई सहितका व्यक्तिले सिरहाबाट भारत मदिरा तस्करी सम्बन्धमा कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण भएपछि पत्रकार यादवलाई ‘चाडै केही गर्ने’ भन्दै सार्वजनिक स्थानमा बसेर धम्की दिएको महासंघ सिरहा शाखाले जनाएको छ ।

एक जिम्मेवार निकायको व्यक्तिले दिएको यसप्रकारको धम्कीको घटना दुःखद हो । महासंघ व्यावसायिक पत्रकारिताको सम्मान गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।

रोसन पुरी

महासचिव