कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८०।०६।१४

कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।


व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उक्त ग्रुपले प्रचलित कानुन, विधि र पद्धतिविपरीत गरेको यो कार्यको महासंघ कडा शब्दमा विरोध गर्दछ ।


श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने काम गर्ने, वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौं ।


नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेको मागहरूप्रति महासंघ पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दै सोही मागको जगमा समस्याको समाधान खोजियोस भन्ने प्रष्ट धारणा प्रस्तुत गर्दछ । महासंघ केन्द्र र प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए प्रतिष्ठान शाखासमेतको समन्वयमा कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा स्पष्ट पार्दछौं ।


महासंघ श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र भविष्यमा चाल्न सक्ने कदमलाई समेत दृष्टिगत गरी नेपाल सरकार र जननिर्वाचित प्रतिनिधिहरूको संस्था संसद्को समेत ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
वरिष्ठ उपाध्यक्ष तथा
संयोजक, श्रमजीवी पत्रकार हित प्रवद्र्धन समिति