समाचार संकलनका क्रममा पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति ः २०७६/०१/२३


कैलालीबाट सञ्चालित दिनेश एफएमका संवाददाता जनक विष्टमाथि समाचार संकलन गर्नेक्रममा भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

बैशाख २२ गते त्रिनगर माध्यमिक विद्यालय परिसरमा विद्यालयले भाडामा दिएका सटरको समाचार संकलन गर्ने क्रममा विष्टमाथि व्यापारी तेजेन्द्र थापाले गालीगलौज गर्दै कुटपिट गरेको थिए । महासंघ पत्रकारमाथि भएको कुटपिटको घोर निन्दा र भत्र्सना गर्दै पत्रकार कुटपिट गर्नेलाई कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न स्थानीय प्रशासनसँग माग गर्दछ ।
 
    रमेश विष्ट
    महासचिव