पत्रकारमाथि भएको दुव्र्यवहार र आक्रमणको प्रयासको भर्त्सना

मिति : २०७६/०१/१७ 


समाचार संकलन तथा समाचार प्रकाशित गरेका कारण तनहुँ र नवलपरासीमा पत्रकारमाथि गरिएको दुव्र्यवहार र आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ तनहुँ शाखाका अनुसार बैशाख १६ गते समाचार संकलनका लागि भिमाद नगरपालिकाको ५ नम्बर वडा कार्यालय पुगेका महासंघ तनहुँ शाखाका कोषाध्यक्ष एवं कान्तिपुर संवाददाता प्रताप रानालाई वडा सचिव रमेश प्रकाश बरालले सूचना दिन्न, जे गर्छौ गर भन्दै दुव्र्यवहार गरेका थिए ।

महासंघ पश्चिम नवलपरासी शाखाका अनुसार बैशाख १३ गते महासंघका पूर्वकेन्द्रीय सदस्य बेचु गौडलाई बुटवल टुडे दैनिक र कोलिया खबर अनलाईनमा प्रकाशित समाचारको विषयलाई लिएर १५/१६ जनाको समूहमा रहेका व्यक्तिले पत्रकार गौडको निवासमै गएर आक्रमणको प्रयास गरेका थिए ।

आम नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी वहन गर्ने पत्रकारमाथि दुव्र्यवहार र आक्रमणको प्रयास हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकारमाथि भएको दुव्र्यवहार र आक्रमणको प्रयासको घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नमाथि कानुनी कारबाहीको लागि सरकारसँग माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्वाध र सुरक्षित रुपमा उपाभोग गर्ने वातावरण निर्माण गर्न पनि जोडदार माग गर्दछ ।


रमेश विष्ट
महासचिव