विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसर पारेर महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे पक्षमा ऐक्यवद्धता र्‍यालीको आयोजना

मिति : २०७६।०१।१७

प्रत्येक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बैशाख २० गते (मे ३) का दिनमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ युनेस्कोको सहयोगमा विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ ।

साथै, विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर र नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चालन गरेको दबाब अभियानको सन्दर्भ पारेर बैशाख १८ गते देशका सात वटै प्रदेशको राजधानी रहेका शहरमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता र्‍यालीको आयोजना गरेको छ । 

काठमाडौंमा नेपाल पत्रकार महासंघले बैशाख १८ गते विहान ७ः०० बजे बबरमहलस्थित जिल्ला अदालत अगाडि भेला भई नया“बानेश्वरसम्म ऐक्यवद्धता र्‍याली गर्दैछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अघि बढाएको अभियानमा सहभागी भई ऐक्यवद्धता जनाइदिनुहुन सम्पूर्ण पत्रकार, पेशाकर्मी, नागरिक अधिकारकर्मी, राजनीतिक दल, बुद्धिजीवी, युवा, विद्यार्थीसहित श्रमजीवी साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।  


    रमेश विष्ट
    महासचिव