रेडियो कर्णालीका वरिष्ठ सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकषर्ण

मिति :२०७५/१२/०७

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ । आज प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो ।
कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ । 

   

रमेश विष्ट
महासचिव