अल्पायुमै पत्रकारकाे निधन भएकोमा महासंघ स्तब्ध

मिति : २०७५।०७।११


नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । मन्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा.३.च.२८७ जीप दुर्घटना हुँदा पत्रकार पुराजुलीसहित ३ जनाको निधन भएको हो ।
विगत ८ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार पुराजुलीले कान्तिपुर टेलिभिजन, एभिन्यूज टेलिभिजनलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । पछिल्लो समय रेडियो गौरवमा आवद्ध पराजुलीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
साथै, महासंघ उक्त दुर्घटनामा परी निधन भएका नेपाल प्रहरीका डिआइजी सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन कांग्रेसका ३ नम्बर प्रदेश अध्यक्ष विनोद कार्कीप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछ । र, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।


    रमेश विष्ट
    महासचिव