दलित समुदायका पत्रकारका समस्यामा छलफल तथा सुझाव संकलन
२०७४ चैत्र ३०

नेपाल पत्रकार महासंघ दलित समितिले नयाँ बर्षको शुभकामना आदानप्रदानसंगै  दलित समुदायका पत्रकारका समस्यामा छलफल तथा सुझाव संकलन कार्यक्रम गरेको छ ।
दलित समिति संयोजक मधु शाहीले नयाँ बर्ष २०७५ सालको शुभकामना दिदै दलित पत्रकारका समस्यामा छलफल तथा सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
महासंघका सचिव रेम विश्वकर्माले अझैपनि समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण अलग रहेको भन्दै त्यसको निराकरणका लागि दलित पत्रकारले उल्लेख्य भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो । 
महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले संविधानमा सुरक्षित ३३ प्रतिशत आरक्षणमा दलित समुदायको उपस्थितीबारे खोज्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले जनतामा चेतना ल्याउने विषयबस्तुलाई सञ्चारमाध्यममा स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
लेखक तथा पत्रकार जेवी विश्वकर्माले दलित पत्रकारको तथ्याङ्क संकलन गरी क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाका लागि महासंघले पहल गर्नुपर्ने विचार राख्नु भयो । 
कार्यक्रममा पत्रकारहरु केशव भूल , श्याम रोक्का, लक्ष्मी परियार, मिलन विश्वकर्मा , सुशिल, खेम , कर्णसिंह बिसीले आफ्नो अनुभव तथा महासंघलाई सुझाव दिनुभएको थियो ।