आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई विजय मालीले आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०१।१९

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई विजय माली भन्ने व्यक्तिले सांघातिक आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

वैशाख १८ गते मंगलबार पत्रकार रिजाललाई क्षेत्रपाटी चोकमा बाटो छेकेर निज मालीले धम्क्याउदै आक्रमणको प्रयास गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ ।

जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ । महासंघ प्रेसविरोधी यो घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव