सगरमाथा आरोहणमा जान लाग्नु भएकी पत्रकार शेर्पालाई बिदाई
२०७४ चैत्र २६

नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नु भएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामना सहित बिदाई गरेको छ । 
महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताउनुभयो । उहाँले  महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो । 
पत्रकार शेर्पाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिनुभयो । उहाँले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत्र २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ ।