द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना
२०७५ पौष १२

पुस १२, काठमाडाैं । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले विगतमा नेपालको सञ्चार क्षेत्रले अत्यन्त द्वन्द्वको सामना गर्नुपरेको बताउनु भएको छ । 
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजना र कस्मीरका  पत्रकारहरुको सहभागितामा आज भएको द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमा उहाँले जनतालाई सत्य तथ्य सूचना दिनु र द्वन्द्व अन्त्यका लागि भुमिका खेल्नु द्वन्द्व पत्रकारिताको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा जम्मु प्रेस क्लबका अध्यक्ष अस्विनी कुमारले विगतको तुलनामा कस्मिरमा प्रेस स्वतन्त्रता हनन्का घटनामा सुधार आएको बताउदै कस्मिरले पत्रकारिताका क्षेत्रले फड्को मारेको बताउनुभयो । 
महासंघका सल्लाहकार तिर्थ कोइरालाले द्वन्द्वका बेला पत्रकारको सुरक्षमा चुनौती हुने भएता पनि पत्रकाहरुले त्यसबाट ज्ञान हासिल गर्ने धारणा राख्नु भएको थियो भने प्रेस काउन्सिल नेपालका का सदस्य इश्वरी ओझाले जुनसुकै सरकार आए पनि पत्रकारिता पेशा सुरक्षित हुन नसकेको बताउनु भएको जियो ।  
कार्यक्रममा बीबीसी वल्र्डका पत्रकार नविन सिहं खड्काले द्वन्द्व पत्रकारिताको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।