उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग महासंघको भेटघाट 
Feb 5, 2025

 

माघ २३, काठमाडाैं। नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरेको छ । बुधबार मन्त्रालयमा भएको भेटमा महासंघको भवन मर्मत सम्भारका लागि महासंघले अर्थमन्त्री पौडेलसमक्ष अनुदान सहयोगको प्रस्ताव पेश गरेको छ ।