फेरियो राजी समुदायको जीवनशैली
तेजराज भट्ट, गौरीगंगा नगरपालिका–९, कुचैनीका छत्रबहादुर राजी आजभोलि जंगलमा गिठा, भ्याकुर खोज्न जा“दैनन् । परिवार पाल्नका लागि न त उनले माछा मार्नुपर्छ, न जंगलमा गएर भेरीको मह काढ्नु पर्छ । बरु उनी पाएका बेला मजदुरी काम गर्छन् । खेतीपातीको सिजनमा खेतबारीमा व्यस्त हुन्छन । समयसंगै लोपोन्मुख जातिको रुपमा चिनिने राजी समुदायको जीवनशैली फेरिएको छ । पुख्र्यौली पेशा परिवर्तन भएको छ । कुनैबेला यो जाति तथा समुदायले जीवन निर्वाहको लागि जंगल मापाइने गिठा, भ्याकुर एवं तरुल खोज्नेदेखि माछा मार्ने र जंगलमा गएर भेरीको मह काढ्नुपर्ने बाध्यता थियो । तर, अहिले उनीहरुले परम्परागत पेशालाई परिवर्तन गर्दै खेती किसानी गर्न थालेका छन् । साथै फुर्सदको बेला मजदुरी समेत गर्न थालेका छन् । जीवन निर्वाहको लागि उनीहरुले गर्ने पेशामा आमूल परिवर्तन भएको छ । जंगलमा पाईने गिठा, भ्याकुर, तरुलले कुन ैबेला परिवार पालेको सम्झिदै ६० वर्षीय छत्रबहादुर भन्छन्, ‘भेरीको मह खोज्न र माछा मार्न नगएको पनि वर्षाै ंभईसक्यो ।’ कुचैनीकै ६९ वर्षीय जसबहादुर राजीले आफ्ना पुराना दिन सम्भिए । ‘त्यो बेला परिवार पाल्न कठिन थियो । गिठा, भ्याकुर नपाएको दिन भोकै बस्नुपथ्र्यो । अब त्यो अवस्था रहेन,’ जसबहादुरले भने, ‘जे भएनि अहिले भोकै बस्नु परेको छैन ।’ गिठा भ्याकुर खोज्ने, मह, माछा बेचेर जिविकोपार्जन गर्ने यो समुदायको अर्को पहिचान हो, एकै ठाउ“ धेरै लामो समयसम्म नबस्ने र खेतीपाती नगर्ने । तर अहिले उनीहरुले खेतीपाती गर्न थालेका मात्र छैनन्, जीवन निर्वाहका लागि पुर्खाहरुले झै ंबसाई सर्ने काम पनि छाडि दिएका छन् । जसबहादुरले अहिले कुचैनीमा बसेका राजी २०÷२२ वर्ष भइसकेको बताए । पहिले–पहिले राजी समुदायमा एक÷दुई वर्ष बसेर ठाउ“ फेर्ने चलन भएको बताउँदै उनले भने, ‘बुबाले हामीलाई लिएर विभिन्न ठाउ“मा बसेको मलाई सम्झना छ । मैले आफ्नै परिवार लिएर साडेपानी, चुहा, चिसापानीलगायत ३÷४ ठाउ“बसाई बसेको छु ।’ तर, अहिले भने धेरै वर्षदेखि एकै स्थानमा बसिरहेको उनले बताए । राजी बस्तीका युवाहरु अहिले परिवार पाल्न कै लागि बाबु–बाजेको पुख्र्यौली पेशा गर्दैनन् । ३५ वर्षीय पदम राजीगाउ“मा काठ चिरान गर्ने, कच्ची घर बनाउने काम गर्छन । ‘मजस्तै हाम्रो राजीबस्तीका सबैजसो पुरुष मजदुरी गछौं । महिलाहरु खेतीपातीको सिजनमा अर्काको खेतमा पनि काम गर्छन ।’ उनले भने, ‘पुख्र्यौली पेशा गर्ने कोही छैनन् । पुख्र्यौली पेशाले परिवार पाल्न र त्यही पेशा गर्न अहिले संभव पनि छैन ।’ दीर्घ राजीले अर्काको १० कठ्ठा जग्गा अधियालिएर खेती गरेका छन् । उनले भने, ‘खेतीबाट खानलाई पुग्छ, मजदुरी गरेर घर खर्च चलाउ“छु ।’ प्राकृतिक श्रोत, साधन माथिको पहु“च गुम्दै गएको र पुख्र्यौली पेशाले परिवार पाल्न मुस्किल भएकाले परम्परागत पेशा छाड्नु परेको राजी समुदायको भनाई छ । सामुदायिक वनको अवधारणासंगै वन संरक्षणमा काम हुन थालेपछि उनीहरुको जंगलमा पहु“च गुम्न थालेको हो । सामुदायिक वन समूह संरक्षणमा लागेपछि बस्ती सर्ने क्रम रोकिएको उनीहरुको भनाई छ । ‘अहिले जंगलमा बस्ने, भेरी काढ्न रुख काट्ने, जथाभावि तरुल, गिठा, भ्याकुर कोर्न पाईन्न । नदीनालाहरुमा माछा मार्न पनि रोक लगाईन्छ ।’ चौमालाका राम राजीले भने, ‘पहिलेजस्तो तरुल, गिठा, भ्याकुर, भेरी पाईदैन । नदीनालाहरु पनिसुक्दै गए ।’ सरकारले राजी समुदायलाई लोपोन्मुख जातीको सुचीमा राखी उनीहरुको जीवनयापनमा सहयोग पुगोस् भनेर ६ वर्षदेखि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ । यसले पनि जीवनयापनमा केही सहज भएको राजी समुदायका व्यक्तिहरुको भनाई छ । सरकारले राजी समुदायका प्रतिव्यक्तिलाई मासिक ५ सय रुपैया सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईरहेको छ । २०६८ को जनगणनाअनुसार कैलालीमा राजीको जनसंख्या ३ सय ७१ जना रहेको छ । तीमध्ये १ सय ८७ जना पुरुष छन् । चौमालालगायत विभिन्न क्षेत्रमा राजी समुदायको बसोबास रहेको छ । जनगणना २०६८ अनुसार नेपालमा राजी जातिको जनसंख्या ४ हजार २ सय ३५ जना रहेको छ । उच्च शिक्षामा पहु“च छैन राजी समुदायको जीवनशैलीमा परिवर्तन आए पनि तुलनात्मक रुपमा उनीहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन । गरिबी, अशिक्षाजस्ता कारणले जीवनस्तरमा सुधार आउन नसकेको हो । विद्यालय तहसम्म बालबालिकाहरु पढीरहे पनि माथिल्लो तहसम्म पहु“च पुग्न सकेको छैन । दुई वर्षअघि एसएलसी परीक्षामा सहभागि भएका उमेश राजी कुचैनीमा बसोबास रहेको आफ्नो समुदायमा सबैभन्दा माथिल्लो तहसम्म पुगेका स्थानीय राजी समुदायका व्यक्तिको भनाई छ । घरबाट करिब डेढ किलोमिटर टाढा रहेको अमर मावि बनबेहडाबाट परीक्षामा सहभागि भएका उनी उत्तीर्ण भएनन् । त्यसो त राजी समुदायका बालबालिकामा बीचमै पढाई छाड्ने दर उच्च छ । बालबालिकाहरु विद्यालय गईरहे पनि आर्थिक अभाव, अधिकांश अभिभावकमा पढाउनुपर्छ भन्ने चेतनाको कमीले बालबालिकाहरु बीचमै पढाई छाड्न बाध्य हुन्छन् । घर नजिकै विद्यालय भए पनि नियमित विद्यालय जाने संख्या अत्यन्तै कम छ । ‘काम गर्नुपर्ने हुनाले अलि ठूलो भएपछि विद्यालय पठाईदैन । बा“च्नका लागि काम त गर्नुप¥यो,’ दीर्घ राजीले भने । उनले आफ्ना नाबालक तीन छोराछोरीलाई गाउ“कै सरकारी विद्यालयमा पढाईरहेको बताए । साथै आफ्नो समुदायमा उच्च तह पढ्ने कोही पनि नरहेको पनि उनले जानकारी गराए । पदम राजीले आर्थिक अभावका कारण छोराछोरी पढाउन समस्या भएको बताए । लक्षित वर्गको कार्यक्रमले समेटेन सरकारले जिल्ला विकास समिति र स्थानीय तह (तत्कालिन गाविस) मार्फत निश्चित बजेट लक्षित वर्ग (पिछडिएको जातजाती) का लागि छुट्याउने व्यवस्था गरेको छ । लक्षित वर्गको बजेटबाट संचालित कार्यक्रमले राजी समुदायलाई समेटेको पाईदैन । लक्षित वर्गको बजेटबाट संचालन हुने सीपमुलक र आयमुलक तालिम, पशुपालन, व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम तथा व्यवसायमा गरिने सहयोगजस्ता कार्यक्रममा उनीहरुको सहभागिता भएको पाईदैन । पिछडिएको समुदायलाई निशुल्क सीपमुलक तालिम दिईन्छ भन्नेबारे आफूलाई जानकारी नभएको पदम राजीले बताए । कुचैनीका स्थानीयबासी खगेन्द्र बुढाले स्थानीय निकायमार्फत लक्षित वर्गको बजेटबाट संचालित कार्यक्रममा राजी समुदायको सहभागिता नरहेको बताए । उनले यसबारे स्थानीय निकायमा आफूले आवाज उठाएको बताए । ‘गरिबी र अशिक्षाले उनीहरुको जीवन कष्टपुर्ण छ । स्वरोजगार बनाउनु सीपमुलकतालिम दिइनुपर्छ’ राजनीतिक कार्यकर्ता उनले भने, ‘ऐलानी जमिनमा बसेका छन् । बस्तीमा डुवानको समस्या छ । लोपोन्मुख र पिछडिएको जाती भएकाले उनीहरुको पुनस्र्थापना गरिनु पर्छ ।’ लोपोन्मुख र पिछडिएको जाती भए पनि उनीहरुको जीवनस्तर उकास्नलाई सामाजिक सुरक्षा भत्ता दिने बाहेक सरकारबाट केही प्रयास नभएको अर्का स्थानीय दानबहादुर खत्रीले बताए । उनले भने, ‘बस्ने राम्रो घरबास छैन । पिछडिएका जाती हुन् । उनीहरुको उत्थानमा राज्यले ध्यान दिनुपर्छ ।’ ‘मैले पढ्न पाएन, छोराछोरी पढाउ“छु’ कुचैनीका बिक्रम राजी व्यवसायमा लागेका राजी बस्तीका एक्लो युवा हुन् । उनले बाख्रापालन गरेका छन् । उनको गोठमा अहिले ११ वटा बाख्रा छन् । ‘३०÷३५ वटा बाख्रा थिए, बेचेर अहिले ११ वटा बा“की छन् ।’ उनले भने, ‘बाख्रापालन शुरु गरेपछि जीवनयापनमा सहज भएको छ ।’ उनले कसैको सहयोगमा नभई आफै बाख्रापालन गरेको बताए । उनले आफ्ना १ छोरा, २ छोरीलाई निजि विद्यालयमा पढाईरहेका छन् । ‘मैले त पढ्न पाएन तर छोरोछोरीलाई पढाउ“छु ।’ बिक्रमले भने । छोराछोरीले आफूहरुजस्तै दुख नपाउन् भनेर उच्च शिक्षासम्म पढाउने ईच्छा रहेको उनले बताए । स्राेत: http://www.epaschimtoday.com/news_detail.php?nid=2404#