अग्रज पत्रकार अधिकारीको निधनले महासंघ स्तब्ध

२०७३।०३।१६
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य अग्रज पत्रकार भद्रनाथ अधिकारीको असार १५ गते निधन भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । दुई वर्षदेखि राजधानी काठमाडौं बस्दै आउनु भएका ६६ वर्र्षीय पत्रकार अधिकारीको लडेर ब्रेनहृयाम्ब्रेज भएपछि विगत आठ महिनादेखि उपचाररत हुनुहुन्थ्यो ।

तीनदशकभन्दा लामो समय पत्रकारितामा संलग्न रहेका पत्रकार अधिकारी पछिल्लो समय ग्रामीण समाचारपत्र पाक्षिकमा सम्पादक÷प्रकाशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । पत्रकारितामा लामो अनुभव संगालेका पत्रकार अधिकारीको निधनलाई नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिको रुपमा लिएको छ । स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

महासंघ, स्वर्गीय अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

    ...................
    उजिर मगर
    महासचिव