नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाललाई पितृशोक

 

 

मिति : २०७९।१२।१७

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाललाई पितृशोक परेको छ । दाहालका पूजनीय पिता डिल्लीरमण उपाध्यायको ८५ वर्षो उमेरमा चैत्र १६ गते बिहीबार राति १ः०० बजे उपचारका क्रममा काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा निधन भएको हो ।

चैत्र १६ गते बिहीबार बेलुका ७ः०० बजे लडेर अचेत अवस्थामा उपचारका लागि अस्पताल पुर्‍याइएका दाहाललाई पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । स्वर्गीय दाहालका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । केन्द्रीय सदस्य मणि दाहाल स्वर्गीय दाहालका साइँला छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका केन्द्रीय सदस्य मणि दाहालसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव