पत्रकार रिहाइकाे माग

२०७३।०८।०५
समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई मंसिर ३ गते प्रहरीले पक्राउ गरी चितवन प्रहरी कार्यालयमा राखिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकार पक्राउको घोर निन्दा गर्दछ र पत्रकार रानामगरलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
...................
उजिर मगर
महासचिव