समाचार लेख्दा आचारसंहिताको पालना नगर्ने सञ्चारमाध्यमलाई महासंघले गर्याे सचेत

मिति : २०७९।०२।०४

नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले आफूले बोल्दै नबोलेको कुरालाई नेपाल आज प्रा. लि. बाट सञ्चालित न्युज पोर्टल ‘नेपाल आज डककम’ले समाचार बनाएको भन्दै महासंघमा जानकारी गराउनु भएको छ ।

नेपाल पत्रकार महासंघको आचारसंहिता अनुगमन समितिले गरेको अनुगमनमा पनि नेपाल आजले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएको भन्ने कुरामात्रै उल्लेख गरेर समाचार बनाइएको पाइएको छ ।

विगतमा पनि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारविरुद्ध ‘नेपाल आज’ नामक अनलाइन र त्यसमा कार्यरत पत्रकारले आचारसंहिता र मुलुकको विद्यमान कानूनको उल्लंघन गर्दै लगातार तथा नियोजित समाचार लेखेको देखिएको छ । भन्दै नभनेको र गर्दै नगरेको कुरालाई भनेको र गरेको भन्ने कुरा पत्रकारिता आचारसंहिताविरुद्धको कदम हो । कुनै पनि समाचार लेख्दा आचारसंहिताको पूर्ण पालना गर्न र आइन्दा यस प्रकारका काम नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई सचेत गराइन्छ ।

पवन आचार्य

सचिव