महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा तोडफोड भएकाे घटनाप्रति महासंघको ध्यानाकर्षण

२०७९।०१।२५

नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले २०७९ वैशाख २४ गते तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

डडेलधुरा शाखाका अनुसार ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समुहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको छ ।

जुनसुकै उद्देश्यले भए पनि सार्वजनिक हितका लागि निर्माण भएको भवनमा यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै शान्तिसुरक्षा र अमनचैनविरुद्धको कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव