स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह सबै सदस्यहरूलाई अपिल

मिति : २०७९।०१।०८

नेपाल पत्रकार महासंघको आज २०७९ वैशाख ८ गते भर्चुअल माध्यमबाट केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरू गरेको छ ।

१. नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको साझा संस्था हो । यो संस्थाका सदस्यहरूको साझा र तटस्थ भूमिकाका कारण नै महासंघलाई साझा संस्था भनिएको हो । तर्सथ, आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न यो बैठक अपिल गर्दछ ।

२. महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न यो बैठक आहृवान गर्दछ ।

३. महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्ण्र्ाायो बैठकले गरेको छ ।

४. निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्ण्र्ााबैठकले गरेको छ ।

रोसन पुरी

महासचिव