नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पदाधिकारी बैठकले गरेका निर्णयहरू

मिति : २०७९।०१।०६

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पदाधिकारी बैठक आज केन्द्रीय कार्यालयमा बस्यो । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको उक्त बैठकले निम्न निर्णय गरेको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

१. बैठकले कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा देखिएको श्रम समस्याका विषयमा गरेको निर्णय यस प्रकार रहेको छ –

- सोअनुसार बैठकले कान्तिपुर मिडिया ग्रुपबाट सुरु गरेको आन्दोलनलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालमार्पmत ऐक्यवद्धताको अपिल गर्ने निर्णय गरेको छ ।

- बैठकले भोलि २०७९ वैशाख ७ गते बुधबार महिला अधिकार तथा श्रम अधिकारका पक्षमा क्रियाशील विभिन्न संघसंगठनसँग आन्दोलनका विषयमा अन्तरक्रिया गर्ने र पर्सि वैशाख ८ गते बिहीबारदेखि थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा दबाबमूलक घेराउ गर्ने निर्णय गरेको छ ।

- बैठकले वैशाख ७ र ८ गते नागरिक दैनिकको कार्यालयमा धर्ना दिने कार्यक्रमका सन्दर्भमा पत्रिकाको व्यवस्थापन पक्षबाट महासंघसँग वार्ता गर्ने आग्रह भएकोले वार्तामा बस्ने निर्णय गर्दै वार्ताबाट सहमति नजुटे आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

२. बैठकले आसन्न स्थानीय निर्वाचन र समसामयिक विषयमा आवश्यक निर्णय लिन २०७९ वैशाख ८ गते बिहीबार बिहान ८ः०० बजे जुममार्फत महासंघ केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

३. विश्व प्रेस स्वतन्त्रता दिवस वैशाख २० (मे ३) का दिन महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा खटिएका क्रममा दिवंगत हुनु भएका पत्रकारप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक तथा फोटो प्रदर्शन गर्ने बैठकले निर्णय गरेको छ ।

रोसन पुरी

महासचिव