महासंघका निवर्तमान केन्द्रीय सदस्य छेटु शेर्पालाई मातृशोक परेको खबरले महासंघ स्तब्ध

मिति : २०७८।०९।२७

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य छेटु शेर्पालाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी ममतामयी माता पेमाछिकी लमु शेर्पाको ५६ वर्षको उमेरमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा पुस २६ गते सोमबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका निवर्तमान केन्द्रीय सदस्य छेटु शेर्पासहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव