मिडिया अवार्डबारे ध्यानाकर्षण

मिति :२०७८ पुस २४

आज वितरण हुँदै गरेको नेपाल मिडिया अवार्डबारे नेपाल पत्रकार महासंघलाई जोडेर आएका विभिन्न प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारहरूलाई उनीहरूको भूमिकाको आधारमा सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइ नेपाल संस्थाले राखेको प्रस्तावलाई महासंघले सहज रूपमा स्वीकार्दै सहकार्य गरेको भएतापनि यो कुनै आर्थिक लाभ वा अन्य कुनै स्वार्थका लागि थिएन । यस क्रममा प्राप्त सहयोग पारदर्शी हुने र त्यसबाट बचेको रकममध्ये रु. ३ लाख महासंघद्वारा कोभिड प्रभावित पत्रकारको लागि स्थापित कोभिड राहत कोषमा जम्मा गर्ने सहमति भएको थियो । अब प्राप्त प्रतिक्रियाहरूलाई ध्यानमा राखी सो सहमति कायम नरहने गरी उक्त रकम महासंघले नलिने र कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिको बारेमा केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने व्यहोरा अवगत गराइन्छ ।

सृजना अर्याल

सचिव