महासंघका लेखासमिति सदस्य भण्डारीलाई पितृशोक: महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०७।२५

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखासमिति सदस्य मुकुन्दप्रसाद भण्डारीलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका पूज्य पिता नेत्रप्रसाद भण्डारीको ६९ वर्षो उमेरमा कात्तिक २४ गते बुधबार राति कैलालीको धनगढी नगरपालिका-८ स्थित निवासमा निधन भएको हो ।

पित्तथैलीमा क्यान्सर भएका भण्डारीको भाद्र १३ गतेदेखि काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेकोमा दुई दिनअघि भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले उपचार सम्भव नहुने बताएपछि कात्तिक २४ गते धनगढीस्थित निवास लगिएको हो । स्वर्गीय भण्डारीका श्रीमती, तीन छोरा र दर्ुइ छोरी हुनुहुन्छ । लेखासमिति सदस्य भण्डारी स्वर्गीय भण्डारीको जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका केन्द्रीय लेखासमिति सदस्य भण्डारीसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

........................

रोसन पुरी

महासचिव