अनलाइन सेवालाई ‘ब्लक’ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०५।१३

समाचार प्रकाशित गरेको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायक निजी कम्पनी क्लासिक टेकले ओबी मिडिया प्रालिको अनलाइन प्रकाशन www.ourbiratnagar.net लाई ‘ब्लक’ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भाद्र ११ गते विराटनगरस्थित क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेको विषयलाई लिएर उक्त अनलाइनलाई ‘ब्लक’ गरिएको थियो ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा इन्टरनेट सेवा प्रदायक कम्पनीबाटै यसरी अनलाइन सेवालाई ‘ब्लक’ गरी प्रतिबन्ध लगाइनु कानुनविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिसमेत हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ यस्ता कार्य नदोहो¥याउन र तत्काल प्रतिबन्ध हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै, उक्त कम्पनीलाई कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्दछौं ।

रोसन पुरी

महासचिव