ताण्डवन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचारको विषयलाई लिएर अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०२।१९

नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य एवं ताण्डवन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचारको विषयलाई लिएर अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कास्की शाखाका अनुसार उक्त अनलाइनमा जेठ१६ गते प्रकाशित ‘नुभिव हत्या प्रकरणको’ समाचारलाई लिएर महासंघका पूर्वपदाधिकारीको नाम लिँदै समाचार हटाउन र नहटाए नराम्रो हुन्छ भन्दै सम्पादक गिरीलाई अज्ञात व्यक्तिले फोनबाट धम्क्याएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासोभए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनुप्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस किसिमका धम्कीको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव