समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी सम्वाददाता रत्नप्रसाद आचार्यलाई लक्षित गरी विभिन्न संघ संगठनले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०२।१३
 

प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी सम्वाददाता रत्नप्रसाद आचार्यलाई लक्षित गरी विभिन्न संघ संगठनले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ विघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती संघ संगठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारबाही गर्ने र सामाजिक वहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ धम्की दिनेलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।


रोसन पुरी
महासचिव