वार्षिक साधारण सभा बैशाख २१ गते

२०७२ चैत १६

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा २०७२ चैत १५ गते सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासचिव उजिर मगरको कार्यप्रगति, सांगठनिक र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारितसँगै महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकका निर्णयहरु देहायबमोजिम रहेको छ ।

१. मुलुकमा नयाँ संविधान जारीसँगै सोही बमोजिम नेपाल पत्रकार महासंघको सांगठनिक संरचनालाई पुनर्संरचनाका लागि विधान संशोधन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले विधान मस्यौदा समिति केन्द्रीय समिति रहने र पुर्नलिखित विधानको मस्यौदा तयार गरी छलफलमा लैजानका लागि सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ । महासंघलाई श्रमजीवी पत्रकारहरुको हकहितका लागि ट्रेड यूनियनका रुपमा थप स्थापित गर्नका लागि उचित श्रम अभ्यास र सामूहिक सौदावाजीको वैधानिक अधिकारलाई नयाँ बन्ने विधानमै व्यवस्था गरेर जाने निर्णय बैठकले गरेको छ ।

२. नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभा २०७३ बैशाख २१ गते (मे ३, २०१६ विश्व प्रेस स्वतन्त्रता दिवस) का दिन चितवनमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । साधारणसभा सफल पार्नका लागि अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा मूल समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । मूल समितिमा केन्द्रीय समितिका सवै पदाधिकारी, सल्लाहकार, लेखासमिति संयोजक तथा कार्यसमिति र लेखा समिति सदस्य एवं साधारण सभा हुने जिल्ला चितवन शाखाका अध्यक्ष रहेको साधारणसभा मूल आयोजक समिति गठन गरेको छ । आवश्यकताअनुसार स्थानीय आयोजक समिति र अन्य उपसमितिहरू गठन हुनेछन् ।

३. श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक पुनरावलोकन, पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता, श्रमजीवी पत्रकारका पेशागत सन्दर्भ, मिडियाको प्रवद्र्धन र व्यावसायिक विकास र पत्रकारको दक्षता अभिवृद्धि थप प्रभावकारी कार्यान्वयनका लागि पहल गर्नेे निर्णय बैठकले गरेको छ ।

४. महासंघको नयाँ सदस्यता तथा नवीकरणका लागि २०७२ माघ मसान्तभित्र केन्द्रमा विवरण पठाइसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गरे अनुसार नयाँ सदस्यता सिफारिस तथा नवीकरण कार्य उल्लेख्य रुपमा नभएको अवस्था छ । यसमा नवीकरण साधारणसभा अघि सिफारिस गर्न सबै शाखालाई पुनः आव्हान गरिएको छ भने नयाँ सदस्यताको निर्णय साधारणसभापछि मात्र गर्ने निर्णय बैठकले गरेको छ ।

५. अमलटारी छैठौं पूर्ण बैठकले महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरुको साधारणसभा २०७२ माघ मसान्तसम्म सम्पन्न गरिसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गरे अनुसार अधिकांश जिल्लामा सम्पन्न भएका छन् । साधारणसभा बाँकी जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएटले २०७२ चैत मसान्तसम्म साधारणसभा सम्पन्न गर्न परिपत्र गर्ने निर्णय बैठकले गर्‍यो ।

६. पत्रकारको नयाँ आाचारसंहितासम्बन्धी महासंघको सातौं पूर्ण बैठकमा सहभागी केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्यहरुसँग सार्थक छलफल गराएकोमा प्रेस काउन्सिल नेपालप्रति बैठक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ । त्यसका साथै केन्द्रीय समितिको सातौं पूर्ण बैठकलाई आतिथ्यता ग्रहण गर्ने महासंघ काभ्रे शाखालाई समेत बैठकले हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

……………..

उजिर मगर

महासचिव