पत्रकारिताका विद्यार्थीद्वारा पत्रकार महासंघको अवलोकन
२०८० बैशाख १२

 

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मी क्याम्पस स्नातक तह तेस्रो वर्षमा पत्रकारिता तथा आमसञ्चार विषय लिई अध्ययनरत विद्यार्थीले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका छन ।

भ्रमणका क्रममा उनिहरुले पत्रकारिता क्षेत्रका समसामायीक विषयमा अन्तरक्रिया समेत आयोजना गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी लगायतका टोलीसंग उनिहरुले महासंघको संरचना, भूमिका र प्रेस स्वतन्त्रताको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

महासंचिव रोसन पुरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा महासंघले खेलेको भुमिका, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र महासंघको सदस्यता प्रकृयाबारेमा अवगत गराउनुभएको थियो ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता बिषयका शिक्षक शन्तराम बिडारी र केन्द्रीय सदस्य ललिता साहले पत्रकारिता क्षेत्रका अफ्ना अनुभव राख्दै विद्यार्थीले उठाएका विषयवस्तुमाथि प्रष्ट पार्नुभएको थियो ।