कर्णाली प्रदेशको आमसञ्चार नीतिबारे संवाद सम्पन्न 
२०७८ आषाढ ०५

असार ५ सुर्खेत । सुर्खेतमा शनिबार आमसञ्चार नीतिको विषयमा नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखाको संयोजनमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उक्त कुरा बताइन् । कर्णालीमा सञ्चारसम्बन्धी ‘प्रदेश प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐन’ निर्माण हुनुका साथै अन्य संरचनागत प्रक्रिया थालिए पनि आमसञ्चार नीति बनेको छैन । यसले गर्दा सरोकारवालाले सञ्चार क्षेत्र रुमल्लिएको गुनासो गर्दै आएका छन् । मन्त्री नेपालीले कर्णालीका विशिष्टिकृत विशेषतालाई ख्याल गर्दै सञ्चार नीति बनाइने बताइन् । ‘यहाको सञ्चारको अवस्थालाई अझ समुन्न गराउन र पत्रकारिताको विकासको लागि उत्कृष्ट सञ्चार नीतिको आवश्यकता छ, । नेपाल पत्रकार महासंघद्वारा आयोजित नीतिगत संवादमा उनले भनिन्, ‘यसको लागि सरकारले छिट्टै आवश्यक प्रक्रिया थाल्नेछ ।’ संविधानको भावना, राष्ट्रिय सञ्चार नीति र अन्य प्रदेशका सञ्चार नीतिको समेत अध्ययन गरी कर्णाली सुहाउ“दो नीति बनाइने उनले बताइन् ।


महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सञ्चार नीतिको आधारमा आवश्यक कानुन, संरचना र कार्यक्रम निर्माण तथा तय हुने भएकोले यथाशक्य छिटो नीति तर्जुृमा गरिनुपर्ने बताए । ‘संविधानले दिएको अधिकारको आधारमा प्रदेशमा कस्तो सञ्चार नीति बनाउने भन्नेबारे सरकारले प्रक्रिया सुरु गर्न ढिलाइ गर्नु हुदैन,’ उनले भने, ‘कर्णालीमा यहा“को भूगोलमैत्री र श्रमजीवी पत्रकारमैत्री नीति बन्नुपर्छ ।’
महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले सरकारले पत्रकार महासंघ लगायत सरोकारवालासंग छलफल र परामर्श गरेर नीति बनाउनु पर्ने धारणा राखे । सञ्चारिका समूहकी कर्णाली प्रदेश संयोजक टीका बिष्टले प्रदेशको सञ्चार नीतिबिनै कानुन र संरचना निर्माण थालिदा विगतमा केही समस्या देखिएकाले त्यसको समाधानको लागि पनि स्पष्ट नीति हुनुपर्ने आवश्यकता औंल्याइन् । क्रियाशील पत्रकार महिलाकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीले अब बन्ने सञ्चार नीतिमा महिला पत्रकारलाई प्रोत्साहन मिल्ने कार्यक्रम समावेश गरिनुपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासंघका कर्णाली प्रदेश सचिव दीपक बुढा, जिल्ला अध्यक्ष ललित बसेल, शाखाका पूर्वअध्यक्ष श्रीधर पौड्याल, अधिवक्ता दुर्गाप्रसाद सापकोटा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेल, प्रेस यूनियनका जिल्ला अध्यक्ष ईश्वर खड्का, प्रेस संगठनका जिल्ला अध्यक्ष धर्मराज जिसी लगायतले सञ्चार नीतिको आवश्यकता र त्यसको स्वरुपबारे धारणा राखेका थिए ।