योगाभ्यासमा सहभागि हुन पत्रकारलाई महासंघको अपिल
२०७८ बैशाख २१

बैशाख २१, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम ‘योग चौतारी’ सञ्चालन गर्ने भएको छ । 
कोरोना भाइरसको दोस्रो भेरियन्टबाट पत्रकारहरुसमेत संक्रमण हुन थालेपछि पत्रकारको स्वास्थ्य हितलाई मध्यनजर गर्दै उक्त योग शिविरको आयोजना गर्न लागिएको महासचिव रोशन पुरीले बताउनुभयो । भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा सहभागि हुनका लागि पत्रकारले हरेक दिन बिहान ४ः३० बजे जूम माध्यममा प्रवेश भइसक्नुपर्ने र ६ बजेसम्म सक्रिय सहभागिता हुनुपर्ने छ ।
त्यस्तै पत्रकारले बिहानै नित्यकर्म सकेर योगाभ्यास गर्न मिल्ने कपडा लगाएर उज्यालो ठाउँमा बस्नुपर्ने  छ । 
सहभागिताका लागि जूम आईडी ९८५११२४०६५ (पासवड चाहिँदैन) वा जूम लिंक https://us02web.zoom.us/j/9851124065 प्रयोग गर्न सकिने छ ।