लेखा समितिको बैठक सम्पन्न
२०७८ बैशाख १४

बैशाख १४, काठमाडाैं । नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समितिको बैठक आज नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयम सम्पन्न भएको छ ।
लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्नुभयो । उहाँले केन्द्र, प्रदेश र जिल्ला तहसम्म लेखा समितिको कर्याविधिको दायरामा रहेर आर्थिक पारदर्शीता र सुशासन कायम राख्ने निर्णय गरेको जानकारी दिनुभयो ।  
बैठकमा महासंघका अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष उदय जिएम  र महासचिव रोशन पुरीको विषेश उपस्थिति रहेको थियो ।  
साथै, बैठकमा लेखा समिति सदस्य मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटाको उपस्थिति रहेको थियो ।