राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ दुई जना पत्रकारलाई संयुक्त प्रदान गरिने
२०७४ साउन ३१

२०७४।०४।३१
‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको यो पुरस्कार कान्तिपुर दैनिकका माधव अर्याल (पाल्पा) र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ को पनि निर्णय सार्वजनिक गरिएको छ । सोअनुसार प्रदेश नम्बर १ बाट सरिता राई (रासस–भोजपुर) र भीम चापागाई (नागरिक दैनिक–इलाम), प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी–पर्सा) र महेशकुमार दास (नागरिक दैनिक–महोत्तरी), प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी (तुखवर डटकम–मकवानपुर) र विमल खतिवडा (कान्तिपुर दैनिक–चितवन) र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा (कान्तिपुर दैनिक–पर्वत) र अमरराज नहर्की (गोरखापत्र–तनहुँ) लाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । प्रदेश नम्बर ५ बाट चुरामणि पोखरेल (अन्नपूर्ण पोष्ट–रुपन्देही) र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी (कान्तिपुर दैनिक–सुर्खेत) र ललितबहादुर बुढा (अन्नपूर्ण पोष्ट दैनिक–सुर्खेत), प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह (गोरखापत्र–डोटी) र तेजराज भट्ट (नयाँपत्रिका–कैलाली) र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–भक्तपुर), शरदकुमार शर्मा (रासस–काठमाडौं) र विनोद घिमिरे (द काठमाडौं पोष्ट–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ ।

बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक–खोटाङ) लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ । प्रदेश नम्बर २ बाट भोला पासवान (कन्चनरुपमा सा–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि सा.–महोत्तरी), प्रदेश नम्बर ३– तिलक अधिकारी (जनता जिन्दाबाद सा.–मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ–दोलखा), प्रदेश नम्बर ४– पवन पौडेल (दमौली एफएम–तनुहँ), प्रतिक्षा काफ्ले –कान्तिपुर दैनिक–स्याङ्जा), प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस–पाल्पा), खगप्रसाद चापागाई (बुटवल टुडे–कपिलवस्तु), प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक–जाजरकोट), मेघराज खड्का (रेडियो नेपाल–रुकुम) र प्रवीर ददेल (रुकुम) लाई प्रदान गरिने भएको छ । बैठकले प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो–कैलाली) र काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज न्यानल टिभी–काठमाडौं) र सञ्जिप घिमिरे (ननस्टप खवर डटकम–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम (इलाम), प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम (काभ्रे), प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गर्ने निर्णय भएको छ । बैठकले प्रदेश ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश ६ बाट रेडियो ध्रुवतारा (दैलेख), प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा)र रेडियो महाकाली (कन्चनपुर) र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौं) लाई प्रदान गरिने भएको छ । रु. २५ हजार राशीको यो पुरस्कारको लागि महासंघको प्रादेशिक संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।

यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाईन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखवर डटकमलाई प्रदान गरिएको छ ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । महासंघ पुरस्कृत सबै पत्रकार तथा सञ्चारमाध्यमलाई हार्दिक बधाई ज्ञापन गर्दछ । उक्त पुरस्कारहरू एक कार्यक्रमका बीच चाँडै वितरण गरिने छ । 


उजिर मगर
महासचिव